birat ribon

कपाल झर्नु पनि कोरोनाको लक्षणमध्ये एक

Neuro
कपाल झर्नु पनि कोरोनाको लक्षणमध्ये एक

विराटनगर । कपाल झर्नु पनि कोभिड १९ को सम्भावित लक्षणको रूपमा रहेको अध्ययनले देखाएको छ । विश्वभरका धेरै मानिसहरूले विभिन्न कारणले गर्दा कपाल झर्न समस्याको सामना गर्नुपरेको छ ।

तर, हालै गरिएको केही अध्ययनले कपाल झर्नु पनि सम्भावित कोरोना भाइरसको लक्षण हुनसक्ने सुझाव दिएका छन् । पछिल्लो रिपोर्टका अनुसार भाइरसको दीर्घकालीन प्रभाव भोगेका सङ्क्रमित (लङ्ग हौलर)का बीचमा कपाल झर्ने समस्या पहिचान गरिएको थियो ।

cura insider

इन्डियाना युनिभर्सिटी स्कूल अफ मेडिसिन र सर्भिएर कर्प फेसबुक समूहबाट गरिएको सर्वेक्षण अनुसार डा. नताली लाम्बर्टले कपाल झर्ने समस्या गम्भीर कोभिडको सङ्क्रमण भएमा देखिने शीर्ष २५ लक्षणहरूमध्ये एक रहेको पत्ता लगाएकी हुन् ।

नोभेम्बरमा प्रकाशित एक अध्ययनअनुसार ६३ जना सहभागी भएको एउटा सानो अध्ययनमा १४ जनामा कपाल झर्ने समस्या देखाएको थियो । कोभिडका कारण कपाल किन झर्छ भन्ने पुष्टि हुन नसकेको बेला रोगले निम्त्याएको तनाव र चिन्ताको कारण कपाल झरेको हुनसक्ने धेरैले सुझाव दिएका छन् ।

‘टेलोजेन इफ्लुभियम’ भनेर चिनिने एक प्रकारको अस्थायी कपाल झर्ने समस्या शरीरले धेरै तनाव, आघात वा रोगको अनुभव गर्दा हुन्छ । एन्ड्रोजेनेटिक एलोपेसिया नामक कपाल झर्ने समस्या पुरुष र महिला दुवैमा सामान्य हुन्, जसमा टाउकोको एक क्षेत्रमा कपाल हराउँदै जान्छ ।

सन् २०२०को मेमा प्रकाशित एक अध्ययनले एक सय ७५ जना कोभिडका कारण अस्पताल भर्ना भएकामध्ये धेरै सहभागीमा एन्ड्रोजेनेटिक एलोपेसिया भएको निष्कर्ष निकालेको थियो ।

अर्को अध्ययनले कोभिडका कारण अस्पतालमा भर्ना भएका तीन सय ३६ पुरुष र कोभिड नभएका अन्य १६ सय पाँच पुरुषको कपाल झर्ने प्याटर्नको तुलना गरेको थियो । अनुसन्धानले कोभिडको बिरामीमा कपाल झर्ने सम्भावना धेरै हुने पत्ता लगाएको थियो ।

jackson ribon