birat ribon

चेल्सीको नजर हालाण्डतिर

Neuro
चेल्सीको नजर हालाण्डतिर

विराटनगर । इंग्लिस क्लब चेस्लीले आगामी समर ट्रान्सफरमा नर्वेजियन स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालान्डलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।

स्काई स्पोर्ट्स इटालियाका अनुसार लण्डन क्लब चेल्सीले बोरुसिया डर्टमुण्डका स्टार हालाण्डलाई पहिलो प्राथमिकतामा राखेको हो ।

cura insider

जर्मन बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गर्दैआएका २० वर्षीय हालाण्डलाई चेल्सीले नजर लगाएको हो ।

यस वर्ष नयाँ खेलाडीहरूको ‘चाङ’ लगाएको चेल्सीले अर्को समरमा अनुबन्ध गर्न चाहेको खेलाडीको सूचीमा हालाण्डलाई शीर्ष स्थानमा राखेको बताइएको छ । प्रशिक्षक फ्रान्क लाम्पार्डले प्राथमिकतामा राखेको खबरमा जनाइएको छ ।

यसै जनवरी महिनामा आरबी साल्जबर्गबाट जर्मन आएका हालाण्डले १४ खेलबाट १७ गोल गरेका छन् ।

jackson ribon