birat ribon

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्षमा घिमिरे र ढकालको दाबेदारी

Neuro
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्षमा घिमिरे र ढकालको दाबेदारी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा दुई व्यवसायीले दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ नेतृत्वका लागि उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष टीका ढकालले दाबेदारी प्रस्तुत गरेका हुन् ।

महासङ्घको शनिबार साधारणसभा हुँदैछ । साधारणसभाबाट कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जनालाई निर्वाचित गर्नेछ । घिमिरेलाई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले उमेद्वारको रूपमा अघि बढाएको हो ।

cura insider

निर्वाचनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्षहरू (जिल्लानगर र एशोसिएट), एक जना कोषाध्यक्ष, जिल्ला नगरका तर्फबाट ५ जना सदस्य, वस्तुगतबाट २ जना सदस्य र एशोसिएटबाट २ जना सदस्य गरी १३ जना निर्वाचित हुने व्यवस्था छ । अध्यक्षमा दुई जनाले दाबेदारी प्रस्तुत गरेपनि अन्य पदमा दाबेदारी प्रस्तुत भएको छैन ।

ढकालको पल्ला भारी

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षको रूपमा निवर्तमान उपाध्यक्ष राजेन्द्र राउतलाई हेरिएको थियो । तर उनी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । केन्द्रीय समितिमा रहेकाले प्रदेशमा उठ्न नपाउने व्यवस्था भएपछि नयाँ नेतृत्वका लागि ढकाल र घिमिरेले दाबेदारी प्रस्तुत गरेका हुन् ।

घिमिरेको तुलनामा ढकाललाई सशक्त उम्मेद्वारको रूपमा हेरिएको छ । उनी निकट व्यवसायीका अनुसार ढकाललाई निर्वमान उपाध्यक्ष राजेन्द्र राउतको पनि समर्थन छ । घिमिरेलाई मोरङ व्यावार सङ्घ र उद्योग सङ्गठनको समर्थन छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ मा दुई सय ४५ सदस्यहरू छन् । जसमा एशोसिएट सदस्य एक सय ८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य सङ्घका ३६ गरेर जम्मा दुई सय ४५ सदस्यले मतदान गरी नयाँ कार्यकारिणी समिति निर्वाचित गर्नेछन् ।

jackson ribon