birat ribon

मेस्सीको गोल खाने गोलकिपरलाई बियर उपहार !

Neuro
मेस्सीको गोल खाने गोलकिपरलाई बियर उपहार !

विराटनगर / अमेरिकन मदिरा पदार्थ कम्पनी बुडवाइजरले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको कीर्तमान सेलिब्रेसन गरेको छ । अर्जेन्टिनी स्टार मेस्सीले कुनै एउटा क्लबबाट सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

मङ्गगलबार राति स्पेनिस ला लिगाअन्तर्गत भाल्लाडोलिडसँगको खेलमा एक गोल गर्दै ३३ वर्षीय मेस्सीले पेलेको एकै क्लबका लागि सबैभन्दा बढी गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

cura insider

ब्राजिली महान फुटबलर पेलेले सान्टोसका लागि १९ सिजनमा ६४३ गोल गरेका थिए । उनी सन् १९५६ देखि १९७४ सम्म सान्टोसमा आबद्ध रहेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि ६४४ औं गोल गरेका छन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

मेस्सीले बनाएको सो कीर्तिमानको सेलिब्रेसन बुडवाइजरले गरेको हो । बुडवाइजर अमेरिकम बियर कम्पनी हो । सो कम्पनीले मेस्सीको गोल खाने प्रत्येक गोलकिपरलाई बियर वितरण गरेको थियो ।

कम्पनीले मेस्सीको गोल खाने गोलरक्षकलाई बियर वितरण गरेको स्पेनिस मिडियाहरूले लेखेका छन् । खबरका अनुसार एक गोल बराबर एउटा बियर दिइएको थियो ।

यस्तैमा इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइगी बुफनले पनि ५१४ र ५१५ नम्बरको दुई बोतल बियर पाएका छन् । मेस्सीले सन् २०१७ को च्याम्पियन्स लिगमा उनीविरुद्ध दुई गोल गरेका थिए ।

बियर पाएपछि इटालियन गोलकिपर बुफनले मेस्सीलाई बधाई दिँदै फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले बियरका लागि धन्यवाद भन्दै मेस्सीलाई अविश्वनीय उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

यता, बुडवाइजर कम्पनीले भने मेस्सीको गोल खाने एक सय ६० गोलकिपरलाई बियर वितरण गरेको जनाएको छ । छ सय ४४ गोलकिपरलाई छ सय ४४ वटै बियर वितरण गरिएको कम्पनीले जनाएको छ ।

यता, स्पेनिस क्लब एथ्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले ११ वटा बियर पाएका थिए । भ्यालेन्सियाका पूर्व–गोलकिपर डिएगो अल्भेसविरुद्ध मेस्सीले १९ गोल गरेका थिए भने रियल मड्रिडका लिजेन्डर इकर क्यासिल्लासले १७ गोल गरेका थिए ।

jackson ribon