birat ribon

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Neuro
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आइतबार (आज) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बुधबारको इजलासले विघटनविरुद्ध परेका १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले दर्ता गराएको अर्काे एउटा रिट पनि संवैधानिक इजलासमा छ । १२ वटा रिटमा बुधबार एकैपटक सुनुवाई भएको थियो ।

cura insider

प्रधानन्यायाधीश जबराले संविधानको धार ७६ (७) को संबैधानिक व्याख्या आवश्यक रहेको भन्दै सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएका थिए ।

निवेदक तथा अधिवक्ताहरुले रिटमाथिको सुनवाई बृहत इजलासबाट हुनुपर्ने माग राखेका थिए । सबैजसो रिटमा प्रतिनिधिसभा विघटनको निर्णय गैरसंवैधानिक भएको भन्दै खारेजीका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

jackson ribon