Rumpum Advertisement

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

Neuro
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

काठमाडौं । दक्षिण कोरियाले सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने भएको छ ।

कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत कामदार लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको हो ।

यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार नौ सय ९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा छ हजार चार सय, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) सय जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ । रासस