birat ribon

क्रिसमसमा क्विकरको अफर

Neuro
क्रिसमसमा क्विकरको अफर

विराटनगर / विराटनगरमा अनलाइन सेवा सञ्चालन गरिररहेकाे क्विकर फुडले क्रिसमस र नयाँ अंग्रेजी वर्ष २०२१ को अवसरमा ‘ डिल–इसिएस कर्निभल २०२१” अफर ल्याएको छ।

क्विकरफुडले २० डिसेम्बर २०२० बाट २ जनवरी २०२१ सम्मका लागि अफर ल्याएको हो । क्विकरफुडका निर्देशक दिवस दाहलका अनुसार कर्निभल अन्तर्गत एक ग्राहकले न्यूइयर केक र यो अवधीभरी नै अर्डर गर्ने ग्राहकलाई उपहार स्वरुप स्यानटा क्याप, चकलेट, कपजस्ता आकर्षक उपहार पाउनेछन् ।

cura insider

ग्राहकले तोकिएको अवधीमा प्रत्येक दिन विराटनगरका रेस्टुरेन्टहरुबाट १० प्रतिशत छुट र क्रिसमस ईभ, न्यू इयर ईभ, न्यू इयरका दिन १० रेस्टुरेन्टबाट १० प्रतिशत छुट पाउनेछन् । १० प्रतिशत छुट पाउनका निम्ति क्विकरफुडको एप्स, वेबसाइटबाट अर्डर गर्दा कुपन कोडको प्रयोग अनिवार्य गर्नु पर्ने हुन्छ ।

कार्निभल अन्तर्गत न्यू इयर इभसम्म अर्डर गर्ने २ जोडीलाई न्यूइयरको दिन ‘बर्कोड लाउन्ज र आमाज व्यक्यार्द’बाट फ्री डिनर कुपन पाउने बताइएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा लागातार मनोरञ्जनात्मक क्वीजहरुमा सहि उत्तर दिनेलाइ गोलाप्रथा मार्फत फुड कुपन दिने क्विकरफुडका म्यानेजर क्षितज गौतमले जानकारी दिए ।

jackson ribon