birat ribon

नदीमा बरफ जम्यो, सुरक्षाकर्मीलाई सास्ती

Neuro
नदीमा बरफ जम्यो, सुरक्षाकर्मीलाई सास्ती

सिमिकोट / चिसोका कारण नदीमा बरफ जमेपछि हुम्लाको विकट क्षेत्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्थानीय समस्यामा परेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्सा खण्डमा कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवा समस्यामा परेका हुन् । चिसो अत्यधिक बढेको हिल्सामा तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेको छ ।

cura insider

नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ ।

चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए ।

उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उनले बताए ।

चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ ।‘तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ,’ उनले भने ‘ अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।’ रासस

jackson ribon