birat ribon

नाइजेरियामा नयाँ प्रकारको कोरोना भाइरस

Neuro
नाइजेरियामा नयाँ प्रकारको कोरोना भाइरस

विराटनगर । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको चर्चा सेलाउन नपाउँदै नाइजेरियामा छुट्टै प्रकारको कोरोना भाइरस फेला परेको छ ।

अफ्रिकाको रोग नियन्त्रण संस्थाका अनुसार नाइजेरियामा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको हो । जुन भाइरस बेलायतमा फेला परेको नयाँ भाइरस भन्दा फरक रहेको बताइएको छ ।

cura insider

नाइजेरिया र बेलायतमा नयाँ प्रकारको भाइरस फेला परेपछि महामारी नियन्त्रणमा चुनौति थपिएको छ । नयाँ भाइरस देखिए पछि बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि बेलायतसँग यात्रा प्रतिबन्ध लगाएकाे छ ।

‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकार फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन प्रमुख जोन एनकेंगगासोङले भने ‘ यसले चुनौती थपेको छ । ’ उनले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने बताए ।

नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म नपाइएको बताइएको छ ।

अलजजिराबाट

jackson ribon