birat ribon

इन्टर छोड्दै एरिक्सन

Neuro
इन्टर छोड्दै एरिक्सन

विराटनगर । इटालियन क्लब इन्टर मिलानका क्रिश्चियन एरिक्सनले क्लब छोड्ने तयारी गरेका छन् । डेनिस मिडफिल्डर एरिक्सन अर्को महिना इन्टर मिलान छोड्ने तयारीमा रहेकाे बताइएकाे छ ।

सान सिरोमा प्रभावकारी प्रदर्शन गर्न नसकेपछि उनी मिलान छोड्ने सोचमा पुगेका हुन् ।

cura insider

२८ वर्षीय एरिक्सन हालै इंग्लिस क्लब टाेटनह्यामबाट इन्टरमा अनुबन्ध भएका थिए । एरिक्सनलाई इन्टरले एक रोड ६९ लाख यूरो तिरेर जनवरी महिनामा इङ्ग्ल्याण्डबाट भित्र्याएको थियो ।

युरोपा लिगको फाइनलमा सेभिल्लाविरुद्ध इन्टर मिलानले हार बेहोर्दा २८ वर्षीय एरिक्सन बेञ्चमा राखिएका थिए । जारी सिजनमा एरिक्सनले इन्टर मिलानका लागि ३७३ मिनेट खेलेकोमा हालसम्म कुनै गोल गर्न सकेका छैनन् ।

एरिक्सन इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा खेल्न सङ्घर्षरत छन् । उनले यस सिजन जम्मा चार खेल मात्र खेलेका छन् ।

इन्टरका कार्यकारी प्रमुख बेप्पे मरोट्टाले एरिक्सन स्थानान्तर हुने खेलाडीको सूचीमा रहेको प्रष्ट्याए । उनले भने, ‘यो सजाय होइन तर टोलीमा स्थापित हुन इरिक्सन संघर्षरत् देखिएका छन्, उनलाई बढी स्थान पाउन अवसर दिन खोजिएको हो ।’

सन् २०१९/२० मा इरिकसनले ३८ खेलमा अवसर पाएका छन्, जसमा उनले चार गोल गरेका छन् भने तीन असिस्ट गरेका छन् ।

jackson ribon