birat ribon

बलात्कार तथा बालविवाहविरुद्ध किशोरकिशोरीको प्रदर्शन

Neuro
बलात्कार तथा बालविवाहविरुद्ध किशोरकिशोरीको प्रदर्शन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंहमा बलत्कार तथा किशोरी हिंसाविरुद्ध जनचेतनामूलक र्‍याली बिहीबार सम्पन्न भएको छ ।

च्याम्पियन अफ सोशल चेन्जिङ (सीओएससी) युवा संस्थाको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ को सहयोग तथा भोक्राहा प्रहरी चौकी सुनसरीको समन्वयमा बलात्कार तथा किशोरी हिंसाविरुद्ध जनचेतनामूलक र्‍याली सम्पन्न भएको हो ।

cura insider

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आलम अन्सारीले किशोरीहरूले आयोजना गरेको र्‍याली कार्यक्रमले समाजमा परिवर्तन ल्याउन समाजका चेलीहरू सचेत हुन आवश्यक रहेको बताए ।

र्‍यालीपछि कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष अन्सारीले देशमा बलत्कारका घटना दिनहुँ हुँदै गरेकाले समाजमा सबै सचेत हुनुपर्ने र बलत्कारीलाई सरकारले सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।

च्याम्पियन अफ सोशल चेन्जिङ (सीओएससी) युवा संस्थाकी अध्यक्ष आफिया बानोले भोक्राहा नरसिंहबाट सुरुवात गरेको दबाबमूलक कार्यक्रमले सार्थकता पाउने विश्वास व्यक्त गरिन् ।

किशोरी तथा महिलाहरू बलात्कार र हिंसामा परेको हुँदा राज्यले आपराधिकहरुलाई खोजी गरी कानुनी सजाय दिनुपर्ने उनले माग गरेकी छन् । भोक्राहा नरसिंहमा समूहले जनचेतनामूलक तथा दबाब दिने कार्यलाई निरन्तरता दिनेसमेत अध्यक्ष बानोले बताइन् ।

jackson ribon