birat ribon

जाडोमा छिट्टै खोकी र फ्लूबाट मुक्त हुन चाहनेले यी कुरामा ध्यान दिन आवश्यक

Neuro
जाडोमा छिट्टै खोकी र फ्लूबाट मुक्त हुन चाहनेले यी कुरामा ध्यान दिन आवश्यक

विराटनगर । मौसम परिवर्तन हुँदा चिसो, रुघाखोकी र फ्लूको सङ्क्रमण हुनुलाई सामान्य मानिन्छ । केही समय गाह्रो बनाए पनि उपचारविना पनि केही समस्याहरू निको हुने गर्छ । तर, यी समस्या निको हुन धेरै समय लिन्छ ।

र, धेरै पटक समस्याबट समाघान पाउन गरिएको घरेलु प्रयास पनि प्रभावकारी साबित भएका छैनन् । खानपानमा ध्यान दिएर मौसम परिवर्तन हुँदा चिसो, रुघाखोकी र फ्लूको सङ्क्रमणलाई सजिलै रोक्न सकिन्छ ।

cura insider

चिसो, खोकी र फ्लू सङ्क्रमण हुन नदिन वा भएपनि छिटो निको पार्नका लागि ध्यानका राख्नुपर्ने कुरा यस्ता छन्ः

–मौसम परिवर्तन हुँदा कुनै पनि सङ्क्रमणबाट बच्नका लागि शरीरलाई हाइड्रेट राख्न दिनमा धेरै पानी पिउन आवश्यक हुन्छ । तर, चिसो मौसममा मन तातो पानी पिउन भने ध्यान दिनुपर्ने हुन्छ । दिनमा कम्तिमा ६ देखि ८ गिलास तरल पदार्थको सेवन अतिआवश्यक हुन्छ ।

–खानामा लसुन र खोर्सानीलाई समावेश गर्न सुरु गर्नुहोस् । लसुनले शरीरमा गर्मी उत्पन्न गराउनुका साथै यो यसमा एन्टीव्याक्टेरियल गुण भएको हुन्छ जसले सङ्क्रमण हुनबाट जोगाउँछ । खोर्सानीमा क्याप्सैसिन नामक तत्व हुन्छ, जसले नाक र साइनसको सङ्क्रमणलाई निको पार्न मद्दत गर्छ ।

–कुनै पनि सङ्क्रमणसँग लड्नका लागि शरीरको प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाउनु पर्छ । यसको लागि खानामा भिटामिन सि समृद्ध फल र तरकारीहरू अधिक मात्रामा प्रयोग गर्न सकिन्छ । खानामा च्याउ, कागती, टमाटर र महलाई समावेश गर्नुहोस् ।

–मौसमी फ्लूबाट जोगिनका लागि जिङ्कयुक्त खाद्य पदार्थको प्रयोग गर्नुपर्छ । खानामा रातो मासु, अण्डा, दही र सम्पूर्ण अन्नलाई खानामा समावेश गर्नुहोस् ।

–मांसाहारी भएकाले जाडोको समसयमा कुखुराको सुपको प्रयोग गर्नुपर्छ । कुखुराको सुपको प्रयोगले कफलाई हटाउन र रुघाखोकीको लक्षणलाई कम गर्न मद्दत गर्ने अध्ययनले समेत देखाएको छ । यसले प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाउन पनि सहयोग पुर्‍याउँछ ।

jackson ribon