birat ribon

उत्कृष्ट अङ्क ल्याउने कर्णलाई एभरेष्ट स्कुलबाट ल्यापटप उपहार

Neuro
उत्कृष्ट अङ्क ल्याउने कर्णलाई एभरेष्ट स्कुलबाट ल्यापटप उपहार

विराटनगर । एभरेष्ट बोडिङ स्कुल विराटनगरले आफ्नो विद्यालयबाट २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ ।

एसइईमा ४ जिपिए ल्याएका आशिष कर्णलाई डेल कम्पनीको ल्यापटपसहित सम्मान गरेको हो । एसइईमा उत्कृष्ट नतिजा ल्याएका कर्ण हाल एभरेष्टमै अध्ययनरत छन् ।

cura insider

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले आशिष कर्णलाई ल्यापटप प्रदान गरेका थिए । कोरोनाको महामारीमा अनलाइन कक्षा सञ्चालन गरेको एभरेष्ट पुस २ गतेबाट कक्षा सञ्चालन गरिरहेको प्रिन्सिपल पुरीले बताए ।

उनले आउँदो वर्ष कक्षा ११ मा सर्वोकृष्ट नतिजा ल्याउने १ जनालाई १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

jackson ribon