birat ribon

मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ : गृहमन्त्री थापा

Neuro
मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ : गृहमन्त्री थापा

काठमाडौँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिनुपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपाको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।

cura insider

गृहमन्त्री थापाले प्रतिनिधिसभाको विघटन अग्रगामी कदम भएको र पुनर्स्थापनाको माग पश्चगामी कदम हुने बताए । उनले जनताबाट निर्वाचित संसद्ले मात्र प्रतिगमन र अस्थिरतालाई पराजित गर्न सक्ने भएकोले नै आफूहरू स्थिरताका लागि निर्वाचनको अभियानमा होमिने बताए ।

गृहमन्त्री थापाले पार्टीको मूल नेतृत्वलाई स्थापित गर्ने कि विस्थापित गर्ने, क्रान्तिलाई अघि बढाउने कि प्रतिक्रान्तिलाई भन्ने प्रश्न गर्दै अध्यक्ष ओली नेतृत्वको पार्टीले क्रान्तिलाई अघि बढाउँदै गुटलाई पराजित गर्ने बताए ।

jackson ribon