birat ribon

पार्टीभित्र खुट्टा तान्ने प्रवृतिका कारण संसद् विघटन : प्रधानमन्त्री

Neuro
पार्टीभित्र खुट्टा तान्ने प्रवृतिका कारण संसद् विघटन : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद् विघटन गरेको बताएका छन् ।

बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद् विघटन गर्नुपरेको बताए ।

cura insider

अध्यक्ष ओलीले संसद् विघटनपछि जनतामा जान डर मान्नेहरूले पार्टी फुटाएको पनि बताए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरूले आन्दोलनको घोषणा गरेको बताए ।

जनतमा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीले बनताए । देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए ।

jackson ribon