birat ribon

हराएको मोबाइल सम्बन्धितका हातमा

Neuro
हराएको मोबाइल सम्बन्धितका हातमा

विराटनगर / राजवंशी चोकभन्दा केही उत्तर व्यस्त सडकमा अलपत्र अवस्थामा फेला पारेको ओप्पो मोबाइल सम्बन्धित धनीले फिर्ता पाएका छन् । शुक्रबार बेलुका सिपिएच २१२१ ए ९३ मोडलको फोन चार्ज सकिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

लक भएको सो मोबाइल चार्ज गरेर दुई–तीन दिन कुर्दा पनि धनी सम्पर्क नआएपछि स्थानीय युवाले कोसी अनलाइनलाई जानकारी गराएका थिए । अनलाइनमा बुधबार बिहान त्यसबारे समाचार छापिएको थियो । अनलाइनको समाचार सामाजिक सञ्जालमा सेयर हुँदै जाँदा मोबाइलधनीसम्म सूचना पुगेको स्थानीय युवा योगराज आशिष दाहालले बताए ।

cura insider

धरानकी दीक्षा गहतराजको सो फोन दीक्षाका पति किशन गहतराजलाई बिहीबार दिउँसो स्थानीय युवाका तर्फबाट पङ्कज घिमिरेले हस्तान्तरण गरेका थिए ।

तस्बिर – योगराज आशिष दाहाल

jackson ribon