birat ribon

बिहीबार प्रदेश १ का पाँच सय १५ जना कोरोनामुक्त

Neuro
बिहीबार प्रदेश १ का पाँच सय १५ जना कोरोनामुक्त

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच सय १५ जना कोरोनामुक्त भएका छन् । प्रलेश १ सामाजिक विकास मन्त्रालयका अनुसार होम आइसोलेशनबाट पाँच सय एक, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट चार, विराट मेडिकल कलेजबाट तीन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट एक–एक जना डिस्चार्ज भएका हुन् ।

यससँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ ।

cura insider

प्रदेश १ मा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा एक–एक र प्रदेश १ बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा एक–एक, सुनसरीको धरानमा नौ, इटहरीमा तीन, बराहक्षेत्र र कोशी गाउँपालिकामा एक–एक, झापाको दमकमा ११ र भद्रपुरमा एक, इलामको चुलाचुली, पाँचथरको याङवरक, ओखलढुङ्गाको चिशंखुगढीमा एक–एक र प्रदेश १ बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार पाँच सय ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज तीन सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

jackson ribon