birat ribon

धरहराको २०औं तल्लाको काम सकियो

Neuro
धरहराको २०औं तल्लाको काम सकियो

काठमाडौ । २०७२ सालको भूकम्पबाट पूर्ण रूपमा क्षति भएको धरहराको २०औं तलाको पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनर्निर्माण गर्ने काम सम्पन्न भएको बताएको छ ।

cura insider

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २०औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए ।

यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए ।

यस्तै धरहरा परिसरभित्र एक हजारभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए ।

jackson ribon