birat ribon

पिम्पल्सले निम्त्याएको दाग हटाउन यी कुरामा ध्यान दिन आवश्यक

Neuro
पिम्पल्सले निम्त्याएको दाग हटाउन यी कुरामा ध्यान दिन आवश्यक

विराटनगर । पिम्पल्सले निम्त्याएको दाग (एक्ने स्कार)ले पिम्पल्सको भन्दा पनि धेरै समस्या गराउन सक्छ । कहिलेकाँही पिम्पल्स हटाउन घरेलु उपचारहरू प्रभावकारी हुन्छ तर, पिम्पल्सको स्कारलाई हटाउन भने गाह्रो हुन सक्छ ।

एक्ने स्कार हटाउनका लागि विभिन्न तरिका अपनाएपनि केही काम गरेको जस्तो देखिँदैन भने दागबाट छुट्कारा पाउनका लागि केही सुझाव यसप्रकार छन् ।

cura insider

सबैभन्दा पहिला पिम्पल्सको दाग हुन नदिन पिम्पल्स निचर्ने गर्नु हुँदैन । पिम्पल्स निचर्दा दाग बस्ने सम्भावना अधिक रहन्छ । साथै, एक्ने स्कार नयाँ छ भने, यसलाई हात लगाउन वा कोट्याउनबाट जोगाउनु पर्छ ।

यसले एक्नेको स्कारलाई झन् गाडा र गहिरो बनाउन सक्छ । वास्तवमा पिम्पल हराउँदै जाँदा उपचार प्रक्रियाको क्रममा दाग बस्ने हुन्छ । दाग हुनबाट जोगाउन पटकपटक अनुहारमा हात लाने बानी हटाउनुपर्छ ।

पिम्पल्स निको भइरहेको प्रक्रियाको बेलामा दागको उपचार गरी यसलाई हटाउन सकिन्छ । दाग बस्न नदिन सिरम तथा क्रिमको प्रयोग गर्न सकिन्छ । यसले पिम्पल्स निको हुने क्रममा दाग बस्नबाट रोक्न मद्दत गर्छ ।

जहिले पनि पिम्पल्स आउँदा अनुहारमा दाग बस्छ भने छालाको स्याहारमा ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । घामको किरणमा ताजा एक्नेको स्कार पर्दा हल्का गुलाबी देखिएको दाग पनि गाडा हुँदै सजिलै खैरोमा परिवर्तन हुन सकिन्छ ।

त्यसैले हरेक पल्ट बाहिर जानुभन्दाअगाडि सनस्क्रीन प्रयोग गर्नु आवश्यक हुन्छ । अत्यधिक दागले सताएकाहरूले अनुहारमा प्रयोग गर्ने उत्पादनमा दाग हटाउने स्किनकेयर उत्पादन छान्न सकिन्छ ।

ग्लाइकोलिक एसिड, कोजिक एसिड र भिटामिन सि भएको उत्पादनले दागलाई कम गर्न प्रभावकारी रूपले काम गर्छ ।

jackson ribon