birat ribon

पिएसजीद्वारा प्रशिक्षक टुचेल बर्खास्त

Neuro
पिएसजीद्वारा प्रशिक्षक टुचेल बर्खास्त

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रशिक्षक थोमस टुचेललाई पदबाट बर्खास्त गरेको छ ।

लिग वानअन्तर्गत स्ट्रासबर्गसँगको शानदार जितका बाबजुत पनि पिएसजीले जर्मन कोच टुचेललाई पदबाट हटाएको हो ।

cura insider

क्रिसमसअघिको अन्तिम खेलमा साविक विजेता पिएसजीले स्ट्रासबर्गमाथि ४–० गोलान्तरको जित दर्ता गरेको थियोे । गए राति घरेलु मैदानमा पिएसजीलाई जिताउन टिमोथी पेम्बेले, किलियन एम्बाप्पे, इद्रिसा गुइए र मोइसे किनले समान एक–एक गोल गरे ।

जर्मनीका रिपोर्टअनुसार पिएसजीलाई शानदार जित दिलाएको केही घण्टामै पिएसजीले ४७ वर्षीय कोच टुचेललाई पदबाट हटाएको हो । तथापि पिएसजीले आधिकारिक रूपमा केही जानकारी दिएको छैन ।

jackson ribon