birat ribon

काराबाओ कप : फाइनलका लागि सिटी र युनाइटेड भिड्ने, टोटनह्यामको प्रतिद्वन्द्वी बेन्टफर्ड

Neuro
काराबाओ कप : फाइनलका लागि सिटी र युनाइटेड भिड्ने, टोटनह्यामको प्रतिद्वन्द्वी बेन्टफर्ड

विराटनगर । इंग्लिस काराबाओ कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । बुधबार दुई खेल भएसँगै काराबाओ कपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

यस पटक साविकको विजेता म्यानचेस्टर सिटीका साथै म्यानचेस्टर युनाइटेड, टोटनह्याम र बेन्टफर्डले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

cura insider

अब, फाइनलका लागि युनाइटेडले आफ्नै मैदानमा सिटीसँग खेल्नेछ । आर्सनललाई हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।

सिटी र युनाइटेडबीचको खेल ५ जनवरीमा ओल्ड ट्राफोर्डमा हुनेछ । यसअघि प्रिमियर लिगमा भएको म्यानचेस्टर डर्बीमा दुवैले गोलरहित बराबरी खेलेका थिए ।

यसैगरी अर्को सेमिफाइनलमा टोटनह्याम र बेन्टफर्डले खेल्नेछन् । ५ जनवरीमै हुने सो खेल टोटनह्यामको मैदानमा हुनेछ ।

गए राति टोटनह्यामले स्टक सिटीलाई ३–१ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बेन्टफर्डले भने सेमिफाइनलका लागि न्यूकासललाई १–० गोलले हराएको थियो ।

jackson ribon