birat ribon

विराज भट्टको ‘साङ्लो’ युटुबमा सार्वजनिक

Neuro
विराज भट्टको ‘साङ्लो’ युटुबमा सार्वजनिक

विराटनगर/एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ युटुबमा सार्वजनिक भएको छ ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका विराज आफैँले फिल्म ‘साङ्लो’ लाई निर्माण तथा निर्देशन गरेका हुन् । फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।

cura insider

किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्ममा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।

‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्म ‘साङ्लो’ बुढासुब्बा डिजिटल युटुब च्यानलमा उपलब्ध छ ।

jackson ribon