birat ribon

सि डिभिजन लिग चैतबाट

Neuro
सि डिभिजन लिग चैतबाट

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक सि डिभिजन लिग चैत महिनाबाट सुरु गर्ने भएको छ । बिहीबार एन्फाले सि डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैत १ गतेबाट लिग सञ्चालन गर्ने निर्णय गरेको हो ।

एन्फा सि डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । एन्फा सि डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत बनेको हो । अब सी डिभिजनका क्लबले तयारी खर्चवापत नाै लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

cura insider

कोरोना महामारीका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो ।

एन्फाले बुधबार मात्र सहिद स्मारक बि डिभिजन लिग ११ फागुनबाट सुचारु गर्ने निधो गरेको थियो ।

jackson ribon