birat ribon

बलिउडमा डेब्यू गर्दै रश्मिका

Neuro
बलिउडमा डेब्यू गर्दै रश्मिका

विराटनगर/नायिका रश्मिका मन्दन्ना बलिउड इन्डस्ट्रीमा डेब्यु गर्ने भएकी छ्न । थुप्रै तेलुगु र कन्नडा भाषाका हिट फिल्महरु दिएकी रश्मिका फिल्म ‘मिसन मजनू’बाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।

परवेज शेख, असीम अरोरा र सुमित बठेजाको लेखेन रहेको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिने छन् । फिल्मलाई रोनी स्क्रुुवालाले निर्माण गर्दैछन् । निर्माण टिमले फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै फिल्म १९७० मा भएको वास्तविक घटनामा आधारित हुने बताएका छन् । फस्ट लुक्समा सिद्धार्थलाई देखाइएको छ ।

cura insider

फिल्मको कथा भारतको खुफिया एजेन्सीको वरिपरि घुम्नेछ । सिद्धार्थ एक एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्म ‘मिसन मजनु’को सुटिङ २०२१ को दोस्रो महिनादेखि सुरु हुनेछ ।

jackson ribon