birat ribon

प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशैभर आन्दोलन गर्ने

Neuro
प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशैभर आन्दोलन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले संसद् विघटनविरुद्धमा देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाण्डौमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले सो आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाएको हो ।

cura insider

नेपाली काङ्ग्रेसको आन्दोलनको भोलिपल्ट प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्ने भएको हो । काङ्ग्रेसले १३ पुसमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटनविरुद्ध १३ पुसमा देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसले देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रचण्ड-नेपाल समूहले पुस १० गते बिहान ९:३० बजे सबै केन्द्रीय सदस्य, सासंद्हरूलगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने निर्णय भएकाे छ ।

यसैगरी पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

jackson ribon