birat ribon

नाकभित्रको रौँ तान्दा वा उखेल्दा ज्यानसमेत जान सक्ने

Neuro
नाकभित्रको रौँ तान्दा वा उखेल्दा ज्यानसमेत जान सक्ने

विराटनगर/सुन्दर देखिनका लागि अनुहारको सरसफाइमा ध्यान दिनु महत्वपूर्ण बानी हो ।

अनुहारको सुन्दरताको कुरा गर्दा नाकबाट लामो रौँ निस्कनाले सुन्दरतामा बाधा पुर्‍याउन सक्छ । तर, नाकभित्र रौँ हुनु पनि स्वास्थ्यका रुपले हेर्दा फाइदाजनक हुन्छ । नाकमा हानिकारक फोहोरको प्रवेश रोक्नका लागि नाकको रौँले एक रक्षा प्रणालीको रूपमा काम गर्छ । नाकको रौँ नाकबाट निस्कँदा एकदमै अनाकर्षक लाग्न सक्छ ।

cura insider

जसकारण मानिसहरू नाकको रौँ हटाउनका लागि हातले तान्ने तथा विभिन्न उत्पादन र उपकरण प्रयोग गरी जरादेखि उखेल्ने (प्लकिङ्गर व्याक्सिङ्ग) समेत गरिरहेका हुन्छन् । तर, यसरी नाकको रौँलाई जरादेखि तान्दा विभिन्न जोखिम निम्त्याउन सक्छ । नाकको कपाल तान्दा वा उखाल्दा केही गम्भीर सङ्क्रमण हुने सम्भावना रहन्छ ।

जराबाट रौँ उखालेपछि रौँको फोलिकल खुल्नासाथ सबै कीटाणु, फोहोर र कण उक्त ठाउँमा आकर्षित हुन्छन् । कीटाणु, फोहोर र कण नाकभित्र पसेर विभिन्न सङ्क्रमण गराउन सक्छ । अनुहारमा त्रिकोण आकारमा रहेको एक भाग (नाकको सुरुदेखि मुखको कुनाबीचको) मा मस्तिष्कमा रगत प्रवाह गर्ने रक्तनली र स्नायु समावेश हुन्छ । नाकको रौँलाई त्यसरी जराबाट हटाउँदा रक्त नलीमार्फत् मस्तिस्कमा सजिलै सङ्क्रमण सर्न सक्छ ।

यस्ता सङ्क्रमणको सम्भावना निकै कम भए पनि कमजोर प्रतिरक्षा प्रणाली भएका मानिस अधिक खतरामा पर्न सक्छ । रक्तनलीमा रगत जम्न सक्ने हुँदा मस्तिष्कमा दबाब हुन्छ, जसले पक्षघात वा मृत्युसमेत निम्त्याउन सक्छ । अनुहारको यो संवेदनशील क्षेत्रमा कुनै प्रकारको गडबड नगर्नु नै उचित हुन्छ । यस क्षेत्र वरिपरि पिम्पलसमेत निचोर्दा सङ्क्रमण फैलने डर हुन्छ । उक्त सङ्क्रमणले रगतलाई जमाई रगत बोक्ने नलीलाई बन्द गर्न सक्छ ।

यसलाई काभर्नस साइनस थ्रोम्बोसिस भनिन्छ र यस अवस्थाले ३० प्रतिशत केसमा मृत्यु निम्त्याउन सक्छ । नाकको प्वाल बाहिर निस्किएको रौँबाट छुटकारा पाउनका लागि यसलाई तान्ने, उखेल्नेभन्दा पनि कैँची वा ट्रिमरको प्रयोग गर्न सकिन्छ । कैँची वा ट्रिमरको प्रयोग पनि नाक बाहिरको कपालको लागि मात्र हो, यसलाई भित्र भने पसाउनु हुँदैन ।

jackson ribon