birat ribon

काङ्ग्रेसले पुस १३ गते देशव्यापी आन्दोलन गर्ने

Neuro
काङ्ग्रेसले पुस १३ गते देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले १३ पुसमा देशव्यापी आन्दोलन गर्ने भएको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटनविरुद्ध १३ पुसमा देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

cura insider

काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

सोही निष्कर्षसहित काङ्ग्रेसले देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

jackson ribon