birat ribon

बार्सिलोनाको ७२ वर्ष पुरानो कीर्तिमानसँग मिलानको बराबरी

Neuro
बार्सिलोनाको ७२ वर्ष पुरानो कीर्तिमानसँग मिलानको बराबरी

विराटनगर । इटालियन क्लब एसी मिलानले बार्सिलोनाको ७२ वर्षअगाडिको कीर्तिमानसँग बराबरी गरेको छ । सिरी ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा लाजियोमाथि ३–२ गोलको जित निकालेको मिलानले बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको हो ।

सान सिरोमा मिलानलाई जिताउन एन्टे रेबिक, हाकन कान्हानोग्लु र थियो हर्नान्डेजले एक–एक गोल गरेका थिए । लाजियोका लुइस अल्बर्टो र सिरो इम्मोबाइलले एक–एक गोल गरे ।

cura insider

पहिलो हाफमै दुई गोल गरेको मिलानले बार्सिलोनाले ७० वर्षअघि कीर्तिमानसँग बराबरी गरेको हो ।

उसले सन् २०२०–२१ को सिजनमा लगातार १५ खेलमा कम्तिमा दुई गोल गरेको छ । यो कीर्तिमान बार्सिलोना सन् १९४८ मा बनाएको थियो ।

मिलान गत नोभेम्बरमा युरोपा लिगअन्तर्गत लिलेसँग ३–० गोलले हारेको थियो । त्यसयता सबै प्रतियोगितामा गरेर मिलाने विपक्षीको पोस्टमा कम्तिमा दुई गोल गरेको छ ।

jackson ribon