birat ribon

अत्यधिक तौल वा मोटोपनाले यी १३ प्रकारको क्यान्सरको जोखिम बढाउने

Neuro
अत्यधिक तौल वा मोटोपनाले यी १३ प्रकारको क्यान्सरको जोखिम बढाउने

विराटनगर/मोटोपना (ओबेसिटी) धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनपछि क्यान्सरको दोस्रो सबैभन्दा मुख्य कारण हो ।

मोटोपना, २० प्रतिशत महिला र १० प्रतिशत पुरुषमा हुने क्यान्सरबाट हुने मृत्युको लागि जिम्मेवार छ । अधिक तौलले क्यान्सरको जोखिमलाई बढाउन सक्छ । बिएमआई (बडी मास इन्डेक्स) मा प्रत्येक पाँच इकाईमा वृद्धिले क्यानसरबाट हुने मृत्युदरलाई १० प्रतिशतले बढाउँछ । सन् २०१४ पछि पहिचान गरिएको ४० प्रतिशत क्यान्सर मोटोपनासँग सम्बन्धित रहेको पाइएको छ ।

cura insider

मोटोपनाको समस्या भएका क्यान्सरको बिरामीमा उपचार गर्दा पनि जटिलता हुने गर्छ । क्यान्सरबाट बाँचेकाहरूमा पनि मोटोपनाले जीवनको गुणवत्तालाई घटाउने, पुनः क्यान्सरको जोखिम बढाउने तथा रोग शरीरको अन्य भागमा फैलिएर बाँच्न गाह्रो बनाउन सक्छ । शरीरमा भएको धेरै बोसोले गम्भीर तरिकाको सुन्निने समस्या (क्रोनिक इन्फ्लामेसन) हुन्छ । उक्त इन्फ्लामेसनले गर्दा प्यानक्रियाले शरीरमा थप इन्सुलिन उत्पादन गर्छ ।

अतिरिक्त फ्याट कोषले अतिरिक्त इस्ट्रोजेन (एक प्रकारको हर्मोन)को पनि उत्पादन गर्छ । शरीरमा चाहिनेभन्दा धेरै हार्मोनको उत्पादनले शरीरको कोशिकालाई अधिक विभाजन गर्न जोड दिन्छ । र, यी नयाँ कोष क्यान्सरयुक्त ट्युमरको परिणाम हुनसक्छ । ५२ लाखभन्दा बढी बिरामीमा गरेको ठूलो अध्ययनले मोटोपना १० विभिन्न क्यान्सरसँग सम्बन्धित रहेको पत्ता लगाएको छ ।

मोटोपनाका कारण गर्भाशयको क्यान्सर (४० दशमलब ८ प्रतिशत), पित्ताशय (२० दशमलब ३ प्रतिशत), मृगौला (१६ दशमलब ६ प्रतिशत), कलेजो (१५ दशमलब ६ प्रतिशत ), कोलोन (११ दशमलब १ प्रतिशत), सर्भिक्स (७ दशमलब ५ प्रतिशत), अन्डाशय (७ दशमलब ३ प्रतिशत), रक्त क्यान्सर (६ दशमलब ३ प्रतिशत), महिनावारी रोकेपछि हुने स्तन क्यानसर (५ दशमलब १ प्रतिशत), र थाइरोइड (१ दशमलब ९ प्रतिशत) सम्बन्धित देखिएको छ ।

नयाँ अध्ययनले तीन थप क्यान्सरहरू अर्थात् फुड पाइप, प्यानक्रिया र ब्रेन क्यान्सरको एक प्रकार (मेनिङ्गजियो मा) पनि मोटोपनासँग जोडिएको पत्ता लगाएको छ ।

jackson ribon