birat ribon

महिला सङ्गठनद्वारा आन्दोलनको घोषणा

Neuro
महिला सङ्गठनद्वारा आन्दोलनको घोषणा

काठमाडौँ/विभिन्न चार राजनीतिक दलका महिला सङ्गठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

बिहीबार अखिल नेपाल महिला सङ्घ (अनेम), समाजवादी महिला सङ्घ नेपाल, अखिल नेपाल महिला सङ्घ र साझा विवेकशील (महिला) सङ्घले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

cura insider

पुस ५ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनको विरोधमा सङ्घर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला सङ्घ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् । सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरङ्कुश शासकको चरित्र, देश र जनताप्रतिको गैरजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपर्ने उनले बताइन् ।

सरकारको कदमविरुद्ध नेपाल बार एसोसियसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तक्र्रिया गर्ने, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी जनप्रर्दशन गर्ने गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभई प्रतिगामी शक्तिहरु सल्बलाउने भन्दै महिला सङ्गठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक सङ्कटकाबीच गुज्रिरहेकाले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष उनीहरुको छ ।

jackson ribon