birat ribon

एथ्लेटिकोका ट्रिप्पियरलाई दस साता प्रतिबन्ध

Neuro
एथ्लेटिकोका ट्रिप्पियरलाई दस साता प्रतिबन्ध

विराटनगर । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका डिफेन्डर किइरन ट्रिप्पियरलाई दस खेलमा प्रतिबन्ध लगाइएको छ ।

कानुनविपरीत काम गरेको भन्दै इङ्ग्ल्याण्डका फिडेन्डर ट्रिप्पियरलाई ७० हजार पाउण्ड जरिवानासहित दस साताका लागि प्रतिबन्ध लगाएको हो ।

cura insider

फुटबल एसोशियसन (एफए)ले नियमविपरीत कार्य गरेको भन्दै उनलाई कारवाही गरेको हो । एफएले बुधबार ३० वर्षीय ट्रिप्पियरलाई अढाइ महिनाका लागि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय माध्यमहरूले जनाएका छन् ।

खबरका अनुसार उनीमाथि सट्टेबाजका सात आरोप छन्, जसमध्ये चार आरोप पुष्टि भएका छन् । तथापि, यसबारे ट्रिप्पियरले अपील गर्नसक्ने पनि बताइएको छ ।

उनलाई २८ फेब्रुअरीसम्म प्रतिबन्ध लागेको छ । प्रतिबन्धसँगै उनले ला लागिका ११ खेल गुमाउने भएका छन् ।

jackson ribon