birat ribon

आधाभन्दा बढी चिनियाँ बयस्कको तौल धेरै, कारण यस्तो

Neuro
आधाभन्दा बढी चिनियाँ बयस्कको तौल धेरै, कारण यस्तो

विराटनगर/चीनमा बयस्कको जनसङ्ख्याको आधा अर्थात् ५० करोडभन्दा बढी मानिसहरूको तौल बढी भएको रिपोर्टले देखाएको छ ।

चीनको स्वास्थ्य अधिकारीहरूले प्रतिवेदन जारी गर्दै चीनका ५० प्रतिशत बयस्कमा अत्यधिक तौल भएको (ओभरवेट) वा मोटोपना (ओबेसिटी)को सिकार भएको चेतावनी दिएका हुन् । बुधबार नेशनल हेल्थ कमिसनको रिपोर्टमा ५० प्रतिशतभन्दा बढी बयस्कलाई अत्यधिक तौल भएको श्रेणीमा राखिएको छ भने तीमध्ये १६ दशमलब ४ प्रतिशतलाई मोटोपनको समस्या भएको उल्लेख गरिएको छ ।

cura insider

सन् २००२ मा २९ प्रतिशतमा मात्र अत्यधिक तौल भएको रिपोर्ट गरिएको थियो भने अहिले यो आँकडामा अत्यधिक वृद्धि भएको हो । मोटोपनको समस्याबाट ग्रसित मानिसमा कोभिडको गम्भीर लक्षण र मृत्युको खतरा बढी हुने पत्ता लागेपछि महामारीको समयमा मोटोपनको समस्यामा ध्यान केन्द्रित भएको थियो । मोटोपनाका कारण कोभिड मात्र नभई मधुमेह, स्ट्रोक र मुटुरोगलगायतका विभिन्न रोगको खतरा बढ्ने गर्छ ।

अक्टोबरमा चिनियाँ सरकारले मोटोपनासँग जुध्नका लागि योजनासमेत बनाएको थियो । चीनमा तीव्र रुपमा भएको आर्थिक उन्नतिका कारण जीवनशैली, खानपिन र व्यायामको बानीमा परिवर्तन आएको बताइएको छ । माछामासुको अत्यधिक सेवन, फलफूलको निकै कम सेवन र शारीरिक गतिविधि कम गरेका कारण (एक चौथाइभन्दा कम मानिस हप्तामा एक दिनमात्रै व्यायाम गर्छन्), मोटोपनाको समस्या भएको रिपोर्टमा बताइएको छ ।

हार्बिन शहरका न्यूट्रिसनिस्ट वाङ्ग डेनले देशमा थुप्रै बयस्कले कम व्यायाम गर्ने, दबाबमा रहने तथा काम गर्ने समय पनि नमिलेको बताएका छन् । मोटोपनाबाट ग्रसित मानिस वा अत्यधिक तौल बढी हुने व्यक्तिको सङ्ख्या चीनमा मात्र नभई विश्वभर बढेको छ । वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् १९७५ पछि विश्वमा मोटोपनाको समस्या तीन गुणा बढेको जनाएको छ ।

सन् २०१६ मा ४० प्रतिशत मानिसमा अत्यधिक तौल रहेको थियो भने १३ प्रतिशतमा मोटोपनको समस्या थियो । कतार सबैभन्दा प्रभावित देशमध्ये एक हो जहाँ ७० प्रतिशतभन्दा बढी मानिसको तौल बढी छ वा मोटोपनको समस्याबाट पीडित छन् ।

jackson ribon