birat ribon

खोपले नयाँ संस्करणको भाइरसविरूद्ध सुरक्षा गर्न सक्ने

Neuro
खोपले नयाँ संस्करणको भाइरसविरूद्ध सुरक्षा गर्न सक्ने

विराटनगर/बेलायतमा फाइजर–बायोएनटेकले विकास गरेको खोप जोखिममा रहेको समूहलाई दिने क्रम जारी छ ।

cura insider

बेलायतका पाँच लाखभन्दा बढी मानिसलाई अब खोपको पहिलो डोज दिइसकेको छ । कम्पनीले बेलायतका मानिसहरूलाई दिइरहेको खोप नयाँ प्रकारको कोरोना भाइरसमा पनि प्रभावकारी हुने सम्भावना रहेको बताएको छ । बायोएनटेकका प्रमुख कार्यकारी युगुर साहिनले वैज्ञानिक दृष्टिकोणबाट यो खोपले विकास गर्ने प्रतिरोधात्मक क्षमताले नयाँ भाइरसको प्रकारसँग लड्न सक्ने सम्भावना धेरै रहेको बताएका छन् ।

यदि आवश्यक भएमा कम्पनीसँग खोपलाई एकदम चाँडै परिस्कृत गर्ने टेक्नोलोजीसमेत रहेको उनले थपे । छ हप्ताभित्र टेक्निकल रूपमा नयाँ खोप उपलब्ध गराउन सक्षम रहेको साहिनको भनाइ छ । तर, उनका अनुसार हालको समयमा खोपले नयाँ संस्करणको भाइरसविरूद्ध सुरक्षा प्रदान गर्न सक्छ वा सक्दैन भनेर दावी गर्न भने सकिँदैन ।

खोपले नयाँ प्रकारको भाइरसका लागि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण भइरहेको छ । जेनोमिक्स युके कन्सोर्टियम (सिओजी–युके) का जेनोमिक्स विशेषज्ञहरूले पत्ता लगाएको भाइरसको नयाँ प्रकारले हालको खोपले गर्ने काममा प्रभाव नपार्ने बताएका छन् । खोप दिएपछि भविष्यमा शरीरमा हुने सङ्क्रमणहरूबाट बचाउनका लागि एन्टिबडीले अझै पनि भाइरसलाई लक्षित गर्ने छ ।

तर, भविष्यमा भाइरसको अझ बढी उत्परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ । भिओसी २०२०१२–१ भनिने नयाँ प्रकारको कोरोना भाइरसको भेरियन्टमा २३ उत्परिवर्तन छ जसले भिन्न किसिमले व्यवहार गर्न सक्छ । नयाँ प्रकारको भाइरस, भाइरसको अन्य प्रकारभन्दा ७० प्रतिशत चाँडै फैलिन सक्ने देखिएको छ ।

हालसम्म भाइरसको नयाँ संस्करणले गम्भीर गराउने वा बच्चामा पनि सजिलो रूपमा फैलिने कुनै प्रमाण छैन । नयाँ प्रकारको भाइरसको बारेमा थप पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको छ ।

jackson ribon