birat ribon

तोलामा सय रुपैयाँ बढ्यो सुनको भाउ

Neuro
तोलामा सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौँ/स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एक सयले उकालो लागेको छ । प्रतितोला नौ सयले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार एक सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

cura insider

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार छ सयमा कारोबार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार पाँच सयमा कारोबार भएको थियो । चाँदी प्रतितोला एक हजार दुई सय ८० मा कारोबार भएको छ । बुधबार भने प्रतितोला एक हजार दुई सय ६५ मा कारोबार भएको थियो । चाँदी बुधबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ ।

jackson ribon