birat ribon

अमेरिका बस्ने नेपालीहरुद्वारा लोकगायक गन्धर्वलाई आर्थिक सहयोग

Neuro
अमेरिका बस्ने नेपालीहरुद्वारा लोकगायक गन्धर्वलाई आर्थिक सहयोग

विराटनगर/अमेरिका बस्ने नेपालीहरुले लोकगायक सुरेश गन्धर्वको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मङ्सिर १६ गते अस्पतालबाट डिस्चार्ज भएर डेरामा आराम गरिरहेका लोकगायक गन्धर्वको स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना गरिएको छ ।

गायक गन्धर्वको स्वास्थ्य अवस्था र आर्थिक स्थितिलाई हृदयगंम गर्दै अमेरिकामा रहेका बिमल दुलालको सक्रियातामा अमेरिका बस्ने नेपालीहरु आर्थिक सहयोग गरेका हुन् । महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले भने, ‘लोकगायक गन्धर्वको स्वास्थ्य अवस्था र आर्थिक स्तिथिलाई बुझेर अमेरिकामा रहेका मेरो मित्र बिमल दुलालको सक्रियातामा अमेरिका बस्ने नेपालीहरुको तर्फबाट पठाउनु भएको ५८ तीन सय र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को टिमद्वारा अस्पातलमा नै गएर वहाँलाई प्रदान गरेका छौँ ।’

cura insider

प्रधानले सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि साथ सहयोग रहिरहने विश्वास लिएका बताए । रिन्केबुङको राँगोलाई..बोलको चर्चित गीत गाएका लोकगायक गन्धर्वलाई मुटु, सुगर, प्रेसरलगायत समस्या रहेको छ ।

jackson ribon