birat ribon

म घरबेटी, प्रचण्ड भाडामा बस्ने – प्रधानमन्त्री ओली

Neuro
म घरबेटी, प्रचण्ड भाडामा बस्ने – प्रधानमन्त्री ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्षबाट हटाउन नसक्ने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

cura insider

पार्टी विभाजन पछि बुधबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफू घरबेटी र प्रचण्ड भाडेदार जस्तै भएकाले हटाउन नसक्ने बताएका हुन् ।

प्रचण्डभन्दा अगाडिदेखि नै आफू राजनीतिमा लागेको दाबी गर्दै उनले भने ‘ प्रचण्डले मलाई कारवाही गर्नु हाँस्यास्पद भएन र ?, यो त घर भाडामा गएर बस्नेले घरबेटीलाई निकालेको जस्तै हो ।’

प्रचण्डसँग मात्र विवाद भएको उल्लेख गर्दै ओलीले नेकपामा आएको विवादमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको बताए । उनले विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताए ।

‘ विभाजन प्रचण्डजी र मेरो हो। पेरिसडाँडामा मेरो हकदाबी छैन। बल्खु र पेरिसडाँडाको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ।’

jackson ribon