birat ribon

तीन नेपाली खेलाडीले युएईमा टि–१० लिग खेल्ने

Neuro
तीन नेपाली खेलाडीले युएईमा टि–१० लिग खेल्ने

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले युएईमा आयोजना हुने टि–१० लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्लले टि–१० लिग खेल्ने भएका हुन् ।

cura insider

दस ओभरको फ्रेन्चाइज लिगमा तीन जनाले पहिलो पटक खेल्न अवसर पाएका हुन् ।

सोमपालले मराठा अरबियन्सबाट खेल्ने छन् । करणलाई पुने डेभिल्सले अनुबन्ध गरेको छ । कुशल भने टिम आबुधाबीबाट खेल्ने छन् ।

टि–१० लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले यस अघि नै खेलिसकेका छन् । यो सिजनका लागि पारस टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् ।

जनवरी २८ देखि शेख जायद क्रिकेट रङ्गशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

jackson ribon