birat ribon

बिहानको खाजामा गर्ने केही गल्तीले बढ्छ तौल

Neuro
बिहानको खाजामा गर्ने केही गल्तीले बढ्छ तौल

विराटनगर । बिहानको खाजा (ब्रेकफास्ट) दिनको सबैभन्दा महत्त्वपूर्ण खाना हो । विशेष गरी तौल घटाउने प्रयासमा रहेका मानिसले ब्रेकफास्ट खान छोड्नु हुँदैन ।

cura insider

स्वस्थ ब्रेकफास्टले दिनको सुरुआत गर्न ऊर्जा दिनुका साथै मेटाबोलिजमलाई बढाउँन मद्दत गर्छ । तर, ब्रेकफास्टमा ध्यान नदिए तौल घट्नुको साटो उल्टो तौल बढ्ने हुनसक्छ । ब्रेकफास्टमा गर्ने केही गल्तीले तौल घटाउने लक्ष्यमा बाधा पुर्‍याइरहेको हुनसक्छ ।

तौल घटाउने प्रयास गरिरहेला मानिसले आफ्नो सबै भोजनमा प्रोटिन समावेश गर्नुपर्छ । बिहानको खाजामा प्रोटिनलाई समावेश नगर्दा थप क्यालोरीको सेवन हुन सक्छ । प्रोटिनले लामो समयसम्म तृप्ति राखेर र जङ्क फुड खानबाट रोक्न मद्दत गर्छ ।

पटक पटक भोक लाग्दा अत्याधिक खाने तथा जङ्क फुडको सेवनले तौल बढाउने समस्या निम्त्याउन सक्छ । बिहानको खाजा नखाँदा खाना अधिक खाने बानी हुन्छ जस्ते अन्ततः तौल बढाउन सक्छ । बिहान भोक नलागेपनि वा उचित बिहानको खाजा खाने समय नभएमा स्याउ, दूध वा उसिनेको अण्डा खान सकिन्छ ।

दैनिक एकै किसिमको नास्ता गर्दा पनि तौल बढ्न सक्छ । प्रायः जसो कार्ब्स मात्र समावेश भएको ब्रेकफास्टको सेवन गर्दा कुनै समयमा भोक लाग्न सक्छ ।

धेरै कार्ब्सको सेवनले रगतमा चिनीको मात्रालाई पनि बढाउन सक्छ । बिहानको खाजामा कार्ब्स, प्रोटिन, फाइबर र फ्याटसहित सबै पोषकहरूको उचित मिश्रण हुनुपर्छ । प्रोटिन, फाइबर, कार्ब्स र फ्याटसहित सबै पोषकतत्वको राम्रो सन्तुलन खाजा खाँदा लामोसमयसम्म पेट भरेको जस्तो महशूस हुन्छ ।

प्याक गरिएको सिरियलमा परिष्कृत अन्न र चिनी समावेश गरिएको हुन्छ, जुन शरीरका लागी अस्वस्थ हुन्छ । यस्ता सिरियलमा हुने कृत्रिम पोषक तत्व र चिनीले तुरुन्तै अत्याधिक ऊर्जा प्रदान गर्छ । तर, केही स्वस्थ फ्याट र प्रोटिनको साथ नमिसिँदा नै हराएर जान्छ । बिहान उठेपछि उच्च चिनी वा संतृप्त बोसो भएको केही पनि खानाको सेवन गर्नु उचित हुँदैन । यस्ता खानाले कलेजोलाई असर गर्न सक्छ ।

छिटो छिटो खाना खादा, पेट भरिसकेको कुरा शरीरले थाहा पाउँदैन जसकारण धेरै खाने सम्भावना रहन्छ । यसैले, तौल घटाउनका लागि ध्यानपूर्वक र विस्तारै खाना खानु पनि महत्त्वपूर्ण हुन्छ ।

jackson ribon