birat ribon

टोटनह्याम काराबाओ कपको अन्तिम चारमा

Neuro
टोटनह्याम काराबाओ कपको अन्तिम चारमा

विराटनगर । टोटनह्याम इंग्लिस काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा स्टक सिटीमाथि ३–१ गोलको जित निकाल्दै टोटनह्याम अन्तिम चारमा प्रवेश गरेको हो ।

cura insider

स्टक सिटीको मैदानमा टोटनह्यामले ग्यारेथ बेलको गोलबाट अग्रता बनाएको थियो । उनले २२औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।

५३औं मिनेटमा जोर्डान थोम्पसनले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्किएको थियो । ७०औं मिनेटमा बेन डेभिसले गोल गर्दै टोटनह्यामलाई पुनः अग्रता दिलाए ।

८१औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरेपछि टोटनह्याम ३–० गोलले विजयी भयो ।

यससँगै टोटनह्यामले बेन्टफर्डसँग भेट पक्का गरेको छ । अब उसले फाइनलका लागि ५ जनवरीमा बेन्टफसँग खेल्नेछ ।

jackson ribon