birat ribon

पिएसजीको शानदार जित

Neuro
पिएसजीको शानदार जित

विराटनगर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पिएसजीले स्ट्रासबर्गमाथि ४–० गोलान्तरको जित दर्ता गरेको हो ।

cura insider

घरेलु मैदानमा पिएसजीलाई जिताउन टिमोथी पेम्बेले, किलियन एम्बाप्पे, इद्रिसा गुइए र मोइसे किनले समान एक–एक गोल गरे ।

खेलको १८औं मिनेटमा पेम्बेलेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ७९औं मिनेटमा एम्बाप्पे, ८८औं मिनेटमा गुइए र इन्ज्युरी समयमा किनले गोल गर्दै पिएसजीलाई शानदार जित दिलाए ।

जितसँगै तेस्रो स्थानको पिएसजीले १७ खेलबाट ३५ अङ्क जोडेको छ । स्ट्रासबर्ग भने १४ अङ्कका साथ १७औं स्थानमा छ ।

jackson ribon