birat ribon

शीर्ष स्थानको एथ्लेटिकोसँग रियलको अङ्क बराबरी

Neuro
शीर्ष स्थानको एथ्लेटिकोसँग रियलको अङ्क बराबरी

विराटनगर । स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिडले जित दर्ता गरेको छ । बुधबार राति आफ्नो १५औं खेल खेलेको रियलले ग्रानडालाई २–० गोलले हराएको हो ।

रियलको मैदानमा घरेलु टोलीलाई जिताउन क्यासेमिरो र करिम बेन्जेमाले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा क्यासेमिरोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

खेलको इन्ज्युरी समयमा बेन्जेमाले गोल गर्दै रियललाई २–० गोलको जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानको एथ्लेटिकोसँग अङ्क बराबरी गरेको छ । हाल ऊ ३२ अङ्ककका साथ दोस्रो स्थानमा छ । रियलले १५ खेल खेलेको छ ।

रियलभन्दा दुई खेल कम खेलेको एथ्लेटिको भने ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । एथ्लेटिको गोलान्तरको आधारमा रियलभन्दा अगाडि छ । ग्रानडा भने २१ अङ्कका साथ सातौं स्थानमा छ ।

jackson ribon