birat ribon

पटक–पटक डकार आउनुको कारण यस्तो

Neuro
पटक–पटक डकार आउनुको कारण यस्तो

विराटनगर । डकार आउनुलाई सामान्य प्रक्रिया मानिन्छ । सामान्यता मानिसको पेट भरेपछि वा पेटमा ग्यास भरेपछि डकार आउने हुन्छ । पटकपटक डकार आउँदा मानिसले आफूलाई ग्यास्ट्रिक भएको अनुमान लगाउने गर्छन् ।

cura insider

दिनभरिमा धेरै पटक डकार आएमा अन्य व्यक्तिको अगाडि अप्ठ्यारोसमेत अनुभव हुन थाल्छ । अत्यधिक डकार आउने समस्या आएमा हल्का लिनुहुन्न । कहिलेकाँही खाना र खाना खाने गलत तरिकाका कारण डकार आउने समस्याले पिरोल्छ ।

भुटेको, अत्याधिक तेलमा तारेको खाना, चिसो पेय पदार्थ, फूलगोभी, सिमी, ब्रोकाउली, इत्यादि खानाले पेटमा ग्यास उत्पन्न गर्छ, जुन डकार आउनुको मुख्य कारण हुन सक्छन् । रातिको समयमा यी खाना खानबाट जोगिनुपर्छ ।

लामो समयसम्म कब्जियतको समस्या भएका मानिसलाई पनि अत्यधिक डकार आउनुको प्रमुख कारण हुनसक्छ । यस अवस्थामा पहिले कब्जीयतको समस्यालाई सामाधान गर्नुपर्ने हुन्छ । कब्जीयतको समस्या निको भएका डकार आउने समस्या हराएर जान्छ । अपच पनि डकार आउनुको एक प्रमुख कारण हो ।

खाएको खानालाई पचाउन नसिए अपचको समस्या हुन्छ, जसकारण डकार आउने समस्या हुनसक्छ । जब ग्यास भरिएको कारण पाचन प्रणालीमा समस्या हुन्छ, एच. पाइलोरी भनिने ब्याक्टेरियाले पेप्टिक अल्सर निम्त्याउँछ जसले डकारका साथ साथै पेट दुखाईको समस्या पनि निम्त्याउन सक्छ । कहिलेकाँही साना साना कारणहरूले पनि पेटमा ग्यास उत्पादन गरेर डकार आउने समस्या निम्त्याउँछ ।

गिलासबाट पानी पिउनुको साटो माथिबाट पानी पिउनु, खाना खाँदा कुरा गर्दा, चुइङ गम चपाउँदा, कार्बोनेटेड चिसो पेय पदार्थ, सोडा र बियरको सेवन इत्यादिले पनि पेटमा ग्यास उत्पन्न गराउँछ । जसकारण पटक–पटक डकार आउने समस्या देखा पर्छ ।

jackson ribon