birat ribon

भारतका विभिन्न राज्यमा कर्फ्यू

Neuro
भारतका विभिन्न राज्यमा कर्फ्यू

विराटनगर । कोरोना भाइरस महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फयू जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फयू आदेश जारी गरिएको छ । कर्फयू रातको समयमा मात्रै लागू हुनेछ ।

cura insider

राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फयू आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फयू आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फयू लगाएको हो ।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फयू आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फयू लगाइएको अधिकारीहरूले जनाएका छन् । नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फयू आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

jackson ribon