birat ribon

भाइरसको नयाँ प्रकारले बालबालिकालाई गर्ने असरको अनुसन्धान हुँदै

Neuro
भाइरसको नयाँ प्रकारले बालबालिकालाई गर्ने असरको अनुसन्धान हुँदै

विराटनगर । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारले बच्चाहरूलाई पनि जोखिममा पार्न सक्ने दाबी गरिएको छ । नयाँ भाइरससम्बन्धी परामर्श दिने एउटा सरकारी समूहका सदस्यहरूबाट आएको दाबीमाथि अनुसन्धान थालिएको छ ।

cura insider

पहिलेको तुलनामा भाइरस धेरै सङ्क्रामक भएको पाइएको छ । बेलायतका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा समेत सजिलै सर्नसक्ने भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन् ।

उक्त अनुसन्धानबाट भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा समेत सजिलै सर्नसक्ने पुष्टि भएका कोरोना भाइरसको सङ्क्रमणमा उल्लेखनीय मात्रामा वृद्धि हुने देखिन्छ । सामान्यतया बालबालिकाले भाइरसलाई सजिलै पचाउन सक्ने बताइन्छ ।

तर, बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाको स्वास्थ्यका लागि पहिलेभन्दा जोखिम हुनसक्ने विषयमा केही स्पष्ट बताइएको छैन ।

योभन्दा अघि देखिएका कोरोना भाइरसका प्रकारको सङ्क्रमण वयस्कको तुलनामा बालबालिकामा निकै कम मात्रामा सङ्क्रमित भएको पाइएको थियो । बालबालिकाको शरीरको कोषमा कोरोना भाइरस प्रवेश गर्ने मार्ग थोरै हुने भएकाले सङ्क्रमण बालबालिकामा कम देखिएको मान्यता छ ।

तर, कोरोना भाइरसमा देखिएको उत्परिवर्तनले बालबालिकाहरूको शरीरको कोषमा पहिले अवस्थीत मार्गकै प्रयोग गरेर भित्र छिर्ने अनुकूल अवसरको सिर्जना गरिरहेको जस्तो देखिएको नर्भट्याग र इम्पीरीअल कलेज अफ लन्डनकी प्राध्यापक वेन्डी बार्क्ले बताउँछिन् ।

यस अवस्थाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई बालबालिकामा पनि वयस्कहरू जस्तै स्थितिमा पुर्‍याउनसक्ने उनको भनाइ छ । भाइरसको यो नयाँ प्रकारका बारेमा थप अनुसन्धान द्रुत गतीमा भइरहेको छ ।

jackson ribon