birat ribon

प्रदेशमा एक वर्षमा तीन सय २० बलात्कारका घटना

Neuro
प्रदेशमा एक वर्षमा तीन सय २० बलात्कारका घटना

विराटनगर । प्रदेश १ मा एक वर्षमा तीन सय २० वटा बलात्कारका घटना भएको इन्सेकले बताएको छ । बुधबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशनपूर्व विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा इन्सेकले तीन सय २० बलात्कारको घटना भएको जानकारी दिएको हो ।

cura insider

एक वर्षको अवधिमा पाँच सय ८० घटना भएको इन्सेकले जनाएको छ । जसमा सबैभन्दा बढी बलात्कारसम्बन्धी तीन सय २०, घरेलु हिंसाका ८५, बहुविवाहका ३९, यौन दुर्व्यवहारका ४० वटा घटना छन् ।

गिरफ्तारी र यातनाका २०, कुटपिटका १३, हत्याको १६, अप्राकृतिक मैथुनका ४, नवजात शिशु हत्या सम्बन्धीका २ वटा घटना घटेका छन् । बालविवाहसँग सम्बन्धित ३, बालश्रमसम्बन्धी ५, बलात्कार प्रयासको ६, आत्महत्या दुरुत्साहनको ८, मानव बेचविखनको ९, बोक्सी आरोपको १ र जातीय विभेदका ९ वटा घटना भएको इन्सेकले जानकारी दिएको छ ।

कार्यक्रममा २०७६ पुस ६ गते देखि २०७७ मङ्सिर ३० गतेसम्मको घटना अभिलेखीकरण गरेको जनाएको छ ।

jackson ribon