birat ribon

नङ पाल्दा वा लामो नङ हुनेहरूमा यस्ता समस्या हुने

Neuro
नङ पाल्दा वा लामो नङ हुनेहरूमा यस्ता समस्या हुने

विराटनगर । अधिकांशले हातको सुन्दरता बढाउन तथा फेसनका लागि नङ बढाउन तथा लामो राख्न रुचाउँछन् । नङले स्वास्थ्यमा जोखिम पुर्‍याउन सक्छ भन्ने कुरापनि धेरैलाई थाहा छ ।

cura insider

लामो नङ बढी फोहोर हुने तथा यसमा जीवाणु टाँसिने हुनसक्छ, परिणामस्वरूप यसले गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ । नङ पालिस लगाएको खण्डमा पालिस पछाडि लुक्दा फोहोर नङमा ध्यान पनि कम जान्छ । जसले विभिन्न समस्या निम्त्याउने हुन्छ ।

लामो नङ भएका मानिसलाई पिनवर्मजस्ता सम्भावित सङ्क्रमण हुन सक्छ । विभिन्न अध्ययनले पत्ता लगाएअनुसार नङमा पाइने ब्याक्टेरिया बच्चामा हुने झाडापखाला र बान्ता गराउने मुख्य कारण हो ।

बच्चाको नङ लामो भएमा नङले चिथर्ने तथा घाउ हुने सम्भावना रहन्छ । लामो नङले आमाको स्वास्थ्यमा हानी पुर्‍याउनु साथै बच्चालाई समेत लामो नङले चोट लाग्ने ठूलो सम्भावना हुन्छ ।

साना बच्चाको आमाले पनि आफ्ना नङमा विशेष ध्यान दिनुपर्छ । साथै, धेरैजसो बच्चाले औँला चुस्ने र ठूलामा समेत नङ टोक्ने बानी हुन्छ । साथै, कान तथा शरीरका अन्य भाग चिलाउँदा नङमा फोहोर तथा व्याक्टेरिया टाँसिएको हुन्छ ।

उक्त हात नधोइ नङलाई मुखको सम्पर्कमा ल्याउँदा नङमा भएको फोहोर र व्याक्टेरिका पेटमा गई पेटसम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ । नङ टोक्दा गिजामा रोग, सास गनाउने समस्या र मुखमा हुने सङ्क्रमणको उच्च दरबाट पीडित हुन्छन् ।

नङ पालिस लगाउने महिलाहरूको नङ टोक्ने बानी भएमा पालिसमा भएको विभिन्न केमिकलहरू समेत शरीरभित्र सजिलै पस्न सक्छन् । जसले शरीरमा विभिन्न समस्या उत्पन्न गराउन थाल्छ । नङको स्वच्छता कायम राख्न हात धुँदा नङलाई पनि राम्ररी धुनुपर्ने तथा नङमा फोहोर नटाँसिने गरी ठिक्क आकारमा काटेर सफा राख्नुपर्छ ।

jackson ribon