birat ribon

कुवेतले बिहीबारबाट कोभिड खोप दिन थाल्ने

Neuro
कुवेतले बिहीबारबाट कोभिड खोप दिन थाल्ने

विराटनगर । कुवेतले बिहीबारबाट कोभिड–१९ विरुद्धका खोप दिन थाल्ने भएको छ । कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान नै चलाइने जानकारी दिए ।

cura insider

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरि एक–एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए ।
खोप देशव्यापी रूपमा सबै नागरिकलाई लगाइदिने योजना बनाइएको पनि उनले बताए । खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरूको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरूले आशा गरेका छन् ।

कुवेतले कोरोनाविरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरूले जानकारी दिएका छन् ।

jackson ribon