birat ribon

प्रदेश १ मा दुई सय ८६ सङ्क्रमित निको भए

Neuro
प्रदेश १ मा दुई सय ८६ सङ्क्रमित निको भए

विराटनगर, प्रदेश १ मा पछिल्लो चौबीस घण्टामा दुई सय ८६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

cura insider

सामाजिक विकास मन्त्रालयका अनुसार होम आइसोलेशनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् ।

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार सात सय ८१ पुगेको छ । प्रदेश १ मा आज ३५ सङ्क्रमित थपिएका छन् । मोरङमा १९, झापामा ६, सुनसरीमा ५, तेह्रथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या २९ हजार पाँच सय २४ पुगेको छ ।

jackson ribon