birat ribon

‘प्रतिनिधि सभा विघटन भएको छैन’

Neuro
‘प्रतिनिधि सभा विघटन भएको छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसद्हरूले प्रतिनिधि सभा विघटन नभएको र आफूहरूले सांसद्को रूपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

cura insider

बुधबार बानेश्वरस्थित संसद् भवनमा प्रचण्ड–माधव समूहको सांसद्हरूको भेलामा सहभागी भएका सांसद्हरूले यस्तो प्रतिक्रया दिएका हुन् ।

प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताउँदै नेकपा र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद् विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद् विघटन प्रक्रियागत हिसाबले कतैपनि नमिलेको बताए ।

विघटित प्रतिनिधि सभाका सदस्य (सांसद्) जीवनराम श्रेष्ठले संविधानमा संसद् विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गरे । सरकारको प्रतिनिधि सभा विघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद् जिवित रहेको प्रतिक्रिया दिए ।

राष्ट्रियसभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधिसभा विघटन नभएको बताए । विघटनको कदम असंवैधानिक भन्दै उनले यसलाई खारेज गर्न आफूहरूले प्रतिवद्धता जायर गरेको बताए । उनले राष्ट्रियसभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपील गर्नुपर्ने पनि बताए ।

jackson ribon