birat ribon

मधुमेह रोगीका लागि फाइदाजनक सुन्तला

Neuro
मधुमेह रोगीका लागि फाइदाजनक सुन्तला

विराटनगर । जाडो मौसममा घाम तापेर मौसमी खानाको मज्जा लिने गरिन्छ । मधुमेहबाट पीडित व्यक्ति आफूले खाने खानाको बारेमा सतर्क हुन्छन् । कहिलेकाँही रगतमा चिनीको स्तर नियन्त्रण गर्नका लागि केही खाना (फलफूल, मिठाइ) खाँदैनन् । मधुमेह पीडितले सुन्तला गुलियो हुने कारण खान नहुने सोच राखेका हुन्छन् । तर, मधुमेह रोगीले जाडोको मौससमा घाममा बसेर सुन्तलाको मज्जा लिन सक्छन् ।

cura insider

मधुमेह रोगीलाई फाइबर समृद्ध हुने र मध्यम ग्लाइसेमिक इन्डेक्स हुने खाना खान सिफारिस गरिन्छ । सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ भने यसमा ग्लाइसेमिक इन्डेक्स कम (४० देखि ५० को बीचमा) हुन्छ, जसकारण सुन्तला मधुमेह रोगीका लागि एक अनुकुल फल हो । साथै, सुन्तलामा प्राकृतिक चिनी हुने भएकाले मधुमेह रोगीका लागि सुन्तलाको सेवन गर्नु पूर्ण सुरक्षित मानिन्छ ।

बजारमा पाइने प्याक गरिएको सुन्तलाको रसको सेवनबाट मधुमेहका बिरामीले जोगिनु पर्छ । यस्तो जुस प्रायः कृत्रिम चिनी र संरक्षकले भरिएका हुन्छन्, जो मधुमेहबाट पीडित व्यक्तिहरूको लागि हानिकारक हुन सक्छ ।

मधुमेहका लागि मात्र नभएर सुन्तलाका अन्य धेरै फाइदा छन् । सुन्तलामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न प्रमुख भूमिका खेल्छ ।

फाइबरले मेटाबोलिजमलाई बढावा पेटको स्वास्थ्यमा सुधार ल्याउने काम गर्छ । भिटामिन सीले भरिएको सुन्तलाको सेवनले शरीरको प्रतिरोध क्षमतालाई बढाउने काम गर्छ । जाडोको समयमा शरीरलाई विभिन्न रोग लाग्ने सम्भावना धेरै हुने हुँदा प्रतिरक्षा बढाउने खानाको सेवन गर्नुपर्छ । सुन्तलाको सेवनले मौसमी रोगलाई टाढा राख्न मद्दत गर्छ ।

मुटुलाई स्वस्थ राख्नका लागि दैनिक खाइने आहारमा फाइबर, एन्टिआक्सिडेन्ट र भिटामिनको संयोजन हुनुपर्छ । सुन्तलामा यी सबै गुण एकसाथ हुने कारण यसको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यसले रगतमा चिनीको र कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ । क्यालोरीको मात्रा पनि कम हुने भएको कारण सुन्तला तौल घटाउन चाहनेका लागि उत्तम खाजा बन्नसक्छ ।

jackson ribon